स्वास्थ्य मन्त्रि गगन थापाको सामाजिक संजाल र पत्रपत्रिकामा चारैतिर बिरोध भै राजिनामा मागेपछि गगनले गरे यस्तो निर्णय जुन निर्णयले सबैलाई चकित पार्यो

8:12 AM

काठमाडौं, २९ कात्तिक – कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने सरकारको निर्णयपछि विवादमा तानिएका स्वास्थ्यमन्त्री गगन थापाले राजीनामा नदिने संकेत गरेका छन् । साथै स्वास्थ्यमन्त्री थापाले आफू नीति र नियमका लागि काम गर्ने र पछि नहट्ने बताएका छन् । थापाले आफ्नो राजीनामाले नेतालाई उपचार खर्च बाड्ने पूरानो प्रचलन नहट्ने भन्दै राजीनामा नदिई अझ धेरै मिहिनेत गर्ने र आफ्ना योजना सफल पार्ने प्रतिबद्धता जनाए । स्वास्थ्य मन्त्रालयले ल्याएको विशिष्ट व्यक्तिलाई १५ लाखभन्दा बढी उपचार खर्च नदिने कार्यविधिलाई लत्याउँदै आइतबार सरकारले सुजातालाई ५० लाख दिएपछि गगन नैतिक संकटमा परेका छन् ।

आफू अनुपस्थित भएका बेला चोर बाटोबाट गरिएको यो निर्णयमा गगनले आपत्ति पनि जनाइसकेका छन् । तर, धेरैले मन्त्रिपरिषदले क्रस गरेर अपमानित गरेपछि गगनले पदबाट बसिरहन उचित नहुने भन्दै राजीनामा गर्न दबाब र सुझाव दिएका छन् । यस्ता सुझाव आएपछि गगनले सामाजिक सञ्जाल ट्वीटरबाट राजीनामा नदिने स्पष्ट सन्देशसहित प्रतिक्रिया दिएका छन् । आफूले तयार पारेको स्वास्थ्य कार्यविधि लागु गराउन मन्त्रिपरिषदमा लगातार दबाब दिने दृढता व्यक्त गर्दै स्वास्थ्यमन्त्री थापाले जस्तो सुकै व्यवधानका बाबजुद आफ्नो लडाई जारी राख्ने बताएका छन् ।

‘विशिष्ट व्यक्तिलाई उपचार खर्च भनेर दिइने अधिकतम आर्थिक सहयोग रोक्ने मेरो प्रयास अहिलेलाई असफल भएको छ जुन दुर्भाग्यपुर्ण छ,’ ट्वीट गर्दै थापाले भनेका छन्- ‘धेरै काम गर्न बाँकी छ त्यसैले छाड्ने र हिड्ने कुरा अप्रासाङ्गिक हुन जान्छ र यो पुरानो बानीलाई निरन्तरता दिनका लागि सजिलो हुन जानेछ ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images