साउदी अरब बाट साढे चार वर्षपछि छोराको शव काठमाडौं आइपुग्यो, दोस्रो पटक किरिया गर्दै परिवार , घट्यो यस्तो दुखद घट्ना
10:27 PMबाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो । साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो । वीरबहादुर छोराको शव लिन आएका थिए ।
0 comments