ठमेलमा केटी मिलाइदिने ‘एजेन्ट’ पक्राउ, १६ युवतीको उद्धार... भिडियो
6:43 PMकाठमाडौं, २२ कात्तिक । राजधानीको पर्यटकीय नगरी ठमेलमा यौनसम्बन्धका लागि युवती मिलाइदिने एक एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरीको सोह्रखुट्टे वृत्तले सोमबार ठमेलका विभिन्न स्पाहरुमा शारीरिक सम्बन्धका लागि युवती मिलाइदिने बझाङ घर भएका २५ वर्षीय एजेन्ट अर्जुन कार्कीलाई पक्राउ गरेको हो ।
वृत्त प्रमुख डीएसपी सोमेन्द्रसिंह राठौंरका अनुसार एजेन्ट कार्कीले १५ सयदेखि ३ हजार रुपैयाँसम्म युवती मिलाइदिने र त्यसबाट कमिशन खाने गरेका थिए । साथै उनले नेचुरल हर्वल स्पा,बडी हेल्थ केयर सेन्टर, सगरमाथा स्पा र खोम्जुङ स्पामा युवतीहरु मिलाइदिने गरेका थिए ।
१६ युवतीको उद्दार
साथै साह्रखुट्टे वृत्तले ठमेलकै एक स्पामा छापा मारेर १६ जना युवतीको उद्धार पनि गरेको छ । प्रहरीले सगरमाथा स्पामा छापा मारेको र त्यहाँबाट १६ जना युवतीको उद्धार गरिएको डीएसपी राठौंरले बताए । उनका अनुसार स्पा संचालक रमेश श्रेष्ठलाई पक्राउ गरिएको छ ।
ABOUT NEWS UPDATE
0 comments