कतारमा हराएका श्रीमानलाई अन्तिम पत्र ! खै ! के भनेर सम्बोधन गरौं, मलाइ नै थाहा छैन ।



खै ! के भनेर सम्बोधन गरौं, मलाइ नै थाहा छैन ।


मैले धेरै सोचेर तिम्रो नाममा यो पत्र लेख्दै छु । मलाइ आशा छ तिमी र तिम्रा घरका अरुलाईपनि आरामै होला । तिमी र समाजको अगाडी त म चरित्रहिन महिलाको रुपमा चिनिएकी छु होला । तर मेरो बाध्यतालाई सायद बुझ्ने कोसिस गर्ला समाजले । म आज यो पत्र मार्फत केही कुरा सुनाउँदैछु । कृपया पूरै पढिदेउ है ।


तिमीसँग मेरो पहिलो भेट मेरै माइती घरमा मेरो हात माग्न आएको दिन भएको थियो । कक्षा ८ मा पढ्दा पढ्दै विहे पछि पनि पढाउने कुरा सुनेर मेरा बाआमाले सहमति जनाएका थिए । मलाइ त्यो बेला विहे गर्न मन थिएन । तर के गर्नु म १७ वर्ष भैसकेको पीर मेरो बाआमालाइ निक्कै थियो । नभन्दै त्यसको महिना दिनमै म बेहुली भएर तिम्रो घरको आगनमा पहिलो पटक पाइला टेकेकी थिएँ । कहिल्यै नदेखेको , नभेटेको मान्छेसँग कसरी जिन्दगी बिताउने यस्तै तर्कना खेलिरहेको थियो मेरो मनमा ।
नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ नाता जोडिएको थियो मसँग । नयाँ बुहारी यसो गर उसो गर भनेर तिम्री आमाले मलाई सिकाइरहनुभएको थियो । तर म भित्रिएको हप्ता दिन देखिनै किन हो आमाको व्यवहार बदलिएको जस्तो लाग्यो । कहिले यो भएन त कहिले त्यो भएन भन्दै मुख विगार्नुको कारण त मैले माइतीबाट दाइजो नल्याउनु पो रैछ अलि पछि थाहा पाएँ । गरिब माइती अलि अलि भएको सम्पति नि दिदीहरुको विहेमै सकिएको थियो ।
मैले तिम्रो मुख पनि राम्रोसँग देख्न पाइन । तिमी विहान ८ बजे उठ्दा म मेला पुगिसकेको हुन्थें । घर फर्किदा तिमी गाउँ डुल्न हिडिसकेका हुन्थेउ । बेलुकाको खाना खाने समयमा झुलुक्क अनुहार देखिन्थ्यो तिम्रो । म जुठा भाडा गरेर कोठा पुग्दा कहिले त निदाइ सकेका हुन्थेउ तिमी । यसरी नै तिमीलाई जति खेर यौन इच्छा लाग्यो जागेर कोट्याउन थाल्थेउ म भने तिम्रो लागि सदावहार तयार हुनुपथ्र्यो त्यहाँ मेरो भावनाको कुनै सुनुवाइ हुने ठाउँ नै थिएन ।
मैले बारम्बार अव पढ्न जान्छु भन्दा यो भन्दा पढेर के गर्नु ? मेरो छुट्टी सकिन लाग्यो ।विदेश गएर धेरै पैसा ल्याउँछु अनि तिमीलाइ पनि पसल खोलिदिउँला भन्दै फकाएका थियौ । मलाइ त पुर्ण विश्वास थियो । तिमीले मलाई धोका दिन सक्दैनौ भनेर । विहे गरेको ६ महिनामै तिमी कतार जादाँ जत्ति मिठो सपना सोचेकी थिएँ त्यो त केवल वालुवाको महल भएछ आखिर ।
विदेश गएको केही समय त तिमीले पनि फोन सम्पर्क गरेर आशु झर्दा सम्झाउने गरेका थियौ । तिमी विदेश गएपछि मैले घरमा पाएको दुःखको भकारी तिमीलाई यो पत्रवाट बुझाउन सायद सक्दिन होला । घरमा तिम्रो आमाको मन मैले कहिल्यै बुझाउन सकिन खै किन हो मलाइ देख्ने वित्तिकै उहाँको मुखमा रिसको बाढी उर्लेर आएको जस्तो लाग्थ्यो ।
जव तिमी विदेश गएको २ वर्षमा अव छिट्टै घर आउछु होला भनेको भोलिपल्ट देखी सम्पर्कविहिन भयौ, मेरो जिन्दगीको बाटो मोडियो । हुन त तिमी सम्पर्कमा भए पनि तिमीले मलाई एक पैसा पठाएनौ । जति खर्च पठाए पनि आमाले मलाइ लुगा धुने सावुन किन्ने बाहेक अरु कुनै पैसा दिनुभएन ।
बजारमा साथीहरुसँग भेट हुँदा ‘विदेशिकी स्वास्नी कत्ति लोभ गर्छेस् ? कति एउटै कुर्ता लगाएको यसपालि त बजारमा यस्तो फेसन आको छ, उस्तो फोन आको छ भन्दै उल्ली बिल्ली पार्दा उनीहरुलाई दिने कुनै जवाफ थिएन मसँग । दसैंमा एक जोर लुगा पाउने मेरो भागपनि तिमी सम्पर्कमा नआएदेखी खोसिएको थियो ।
आमाले बारम्बार तेरो लाग्नेले पैसा पठाए पो दिनु भन्दै झर्किन थालेपछि मैले कहिल्यै कुनै आश नै राखिन उहाँसँग । हुँदा हुँदा तिमी सम्पर्कमा नआएको पनि २ वर्ष बित्यो । गाउँघरमा कहिले आउँछ तिम्रो श्रीमान ? भन्दै सोध्नेको संख्या बाक्लिँदै थियो । म तिम्रो घरमा घरको कुकुर भन्दा पनि पल्लो स्तरको भए जस्तो ठान्थें ।
कुकुरलाई आमाले बोलाइ बोलाइ भात खान दिनु हुन्थ्यो तर मलाइ कहिल्यै खाए नखाएको सोध्नु भएन । झिकेर खान मन लागे खान्थें नलागे भाडामै बासी हुन्थ्यो । मैले बोलाए एकोहोरो बोल्नु हुन्थ्यो नत्र उहाँले खासै बोलाउनु भएन । पछिपछि खै किन हो मलाई देख्ने बित्तिकै फलानाकी स्वस्नी पोइल गइ रे भन्दै मलाई नै ब्याङग्यातत्मक ढङ्गले गाली गरे जस्तो लाग्थ्यो ।
तीजमा माइती जाँदा झण्डै दुई महिना बसेकी थिएँ । तर आमाले ‘घर गरेर खान नसकेर माइती बसी भन्छन, ज्वाइँ एक दिन त घर कसो नफर्केलान जा तेरो घर भनेकै तेरो लोग्नेको घर हो’ भन्नुहुन्थ्यो । आमाले यसो भन्दा साह्रै रुन मन लाग्थ्यो । घरमा सासुको व्यवहार सम्झे अनि माइतीको इज्जत पनि ।
फेरि भाइले आर्मीमा जागिर खान थालेको थियो । उ पनि घर आएको थियो । उसले भन्यो ‘घर जा बरु म २० हजार रुपैयाँ दिन्छु केही व्यपार गर ।’ आँसु पुछ्दै भाइलाई हुन्छ भनेर माइतीबाट बाटो लागेँ ।
साँझ परिसकेको थियो । घरमा आमा भात खाँदै र ससुरा बुवा भैंसीको थला तिर हुनुहुन्थ्यो । आमाले रिसाउँदै भन्नुभयो, ‘उतै बसेको भए भैहाल्थ्यो नि, जुन केटासँग हिमचिम छ उहीसँग बस ।’
मैले आमालाई सम्झाउने कोसिस गरें ‘के भन्नु भाको आमा, म माइतीबाट आउँदैछु कुन केटा सँग के छ र ?’ मैले आमालाई सम्झाउने कोसिस गरेपनि आमा झन जँगिनुभयो, ‘मुख नचला, जुन बाटो आको हो त्यही बाटो लाग ।’ तर ससुराले टाउको हल्लाउँदै कोठातिर जान इसारा गर्नुभयो । म कोठा लागेँ ।
तिमी सम्पर्कमा नआएको ६ वर्ष बितिसकेको थियो । मैले धेरै पटक तिमिलाई फोन गरें तर सम्पर्क हुन सकेन । भाइले दिएको २० हजार रुपैयाँ खाटमुनी टिनको बाक्सामा थियो । त्यो पैसाले के गर्ने कुनै योजना बनाएकै थिइनँ ।
जसको निम्ती मैले सबै त्यागेर आएको थिएँ उसको कुनै खवर छैन । तर गाउँघरमा आ–आफ्नै अड्कल काट्थे । कसैले उतै विहे गरेर बसेको होला । कसैले जेल परेको पो छ कि । अनि कसैले त मर्‍यो होला पनि भन्थे । तिम्रो बारेमा मात्रै अड्कल काट्दैनथे मलाई ‘तिमी पनि आफ्नो बाटो लाग’ भन्दै सुझाव पनि दिन्थे ।
आमाले भने मलाई रात दिन कचकच गर्नु हुन्थ्यो । घाँस काटेर आउँदा नि किन ढिला आइस कोसँग लागेकी छेस् ? मेलापातमा कसैसँग हाँसेबोले बेलुका घरमा बसिसक्नु हुन्नथ्यो । आमाको यस्तो ब्यबहारले मलाई दिक्क लागिसकेको थियो ।
मैले तिमीलाई खोज्न माइतीको दाइ कतार जादा फोटोपनि दिएको थिएँ । तर उहाँले केही पत्ता लाउन सक्नुभएन छ । म भने तिम्रो पर्खाइमा रात दिन रोएरै बिताइरहेको थिएँ । तर तिमी के कारणले सम्पर्कमा आएनौ मलाइ थाहा भएन ।
माइतबाट ल्याएको पैसा १५ दिन पछि हेर्दा थिएन । त्यो पैसाले आपतमा केहि गर्न सक्छु भन्ने आँट दिएको थियो । तर त्यो पनि हरायो । त्यसपछि त्यो घरमा बस्न मन लागेन । माइतपनि जान सकिन । काठमाडौंमा भएकी गाउँकै साथीकोमा गएँ । आखिर उही त थी जसले कहिलेकाहीं दुखेको घाउमा मल्हम लगाइदिन्थी । घरमा माइत जान्छु भनेर कानको मुन्द्रा बेचेर काठमाडाै‌ साथीकोमा गएँ ।
उसले गार्मेट कम्पनीमा काम खोजिदिएकी थिई । दिनभर काम गरेर साँझ उसकै कोठामा बस्थें । तर एउटै कोठामा बस्न साह्रै असहज लाग्थ्यो । उसले त कहिल्यै केही भनिन । तर म सँगै बस्दा उसको श्रीमान खुसी थिएन जस्तो लाग्यो ।
अनि काम गर्ने ठाउँ नजिकै कोठा भएको जानकारी गार्मेन्टका साइला ठेकेदारले गरेपछि मैले आफ्नो बसाई यता सारेको थिएँ । साइला पनि निकै सहयोगी थिए । काम गर्ने सिलसिलामै म निक्कै बिरामी भएको थिएँ । मेरो शरीरमा रगत कम भएर म मर्ने अवस्थामा पुग्दा पनि उनैले रगत दिएर मेरो ज्यान जोगाएका थिए । मेरो पेटमा पानी जमेर म धेरै दिन थला पर्दा मेरो ख्याल गर्नका लागि उनकी बहिनीलाई समेत गाउँबाट बोलाएका थिए ।
खै किन हो ! आफू बिरामी भएको खवर माइतीलाई पनि सुनाइन । काठमाडौंमा काम गर्न आएको खवर भने सुनाइसकेको थिएँ । बिरामी भएर उठेपछि पनि साइलाले अहिल्यै काम गर्नु पर्दैन । म पैसा दिन्छु । पछि काम गरेर तिर्दा हुन्छ भनेपछि झण्डै ३ महिना म काममा गइन । साँइलाले दैनिक फलफुल र औषधी लिएर आउँथे । मैले पनि आफ्नो विगतको बारेमा सवै कुरा सुनाएको थिएँ, र उनले पनि । उनको पनि कहानी मिल्दो जुल्दो रहेछ ।
उसले मलाई मन पराइसकेका रहेछन् । ‘म तिमीलाई माया गर्छु । के तिमी मसँग बिवाह गर्न राजी छौ ?’ भनेर सोधे । आखिर तिम्रो कुनै खुटखबर थिएन । तिम्रो घरमा पनि मलाई राम्रो गरेनन् । बस्न खान नदिएपछि आखिर तिम्रो घर छाडेर हिँडिसकेको थिएँ । यस्तो अवस्थामा मैले उसको प्रश्ताव स्वीकारें । अनि हामीले मन्दिरमा गएर दोस्रो पटक विवाह गर्‍यौं ।

त्यसपछि मलाई समाजले कुन नजरले हेर्छ मलाइ मतलव छैन । तिमी कहा छौ या छैनौ नि मलाई थाहा छैन । मैले तिमीलाई कुरेर करिव ७ वर्ष बिताएको थिएँ । तिमी आउने आश हराएपछि मैले खुसी खोज्न थालेको थिएँ । जुन खुसी साइलो ठेकदारसँगको नयाँ जीवनसँगै सुरुभयो । तिमीसँगको नाता सधैंका लागि तोडियो ।
अहिले म खुसी छु । र मलाई लाग्छ तिमीपनि दुःखी छैनौ होला ! सायद मेरो यो वाध्यतालाई समाजले आफ्नै हिसावले व्याख्या गरिसकेको होला । मलाई अर्को बिवाह गर भनेर उस्काउनेहरुले नै अहिले मेरो कुरा काटिरहेका होलान् । यस्तै बाध्यताले महिलाहरुले दोश्रो बिवाह गर्छन् तर समाजले त्यो बाध्यता बुझ्दैन, र खोज्दैन पनि । मात्र महिलाहरुलाई चरित्रहिन भन्दै फट्याईं ठान्छ । देख्छ पनि त्यहि । उनीहरुलाई मेरो भन्नु केहि छैन ।
भन्नु छ त तिमीलाई । तिमीसँग धेरै कुरा गर्न मन छ । प्रष्ट पार्न चाहान्छु मेरो वाध्यता । अनि थाहा पाउन मन छ तिमी एक्कासि हराउनुको रहस्य । तर अव म तिम्रो र तिमी मेरो रहेनौ । त्यसैले भेटेर यी सब कुरा सुनाउन संभव नभएपछि यो पत्रको सहारा लिएँ ।
उही तिम्री पहिलाकी श्रीमती, अहिले कसैकी ।
(कतारमा हराएका श्रीमानलाई रामेछापकी एक महिलाको अन्तीम पत्र) : प्रस्तुती सिर्जना बस्नेत,रामेछाप । )
Source : UjyalloOnline

२ दिन कोमामा रहेका भनिएको दिपेन्द्रले मर्नु अघी २ शब्द बोलेको खुलासा.रहस्यमा प्रकाश(भिडियो)



While we wait anxiously for Season 5 of American Horror Story, it's been fun to speculate about what gleefully horrifying things will take place in the titular Hotel. However, you know what's even better than wildly theorizing about what AHS: Hotel is gonna be about? Finding out from the master himself!

Show creator Ryan Murphy confirmed the real life inspiration behind American Horror Story: Hotel in an interview with EW: "There was a surveillance video that went around two years ago that showed a girl getting into an elevator in a hotel that was said to be haunted … and she was never seen again."

Whoa... creepy. But what's great is that a bunch of fans have just punched the air after being proved right about their AHS: Cecil Hotel theories (including me, I'm stoked!)
Even before Lam's death, the Cecil Hotel was cursed...

Serial Killer Richard Ramirez was staying at the Cecil Hotel while he killed his victims, which in turn inspired copycat killer Jack Unterweger to visit the place to commit his crimes. The hotel has numerous strange suicides to its name, which is frightening enough in itself... but here's the real kicker. The American adaptation of Japanese horror Dark Water effectively draws on the terrifying case of Elisa Lam. Dahlia (Jennifer Connelly) and her daughter Cecilia (Ariel Gade) move into a new apartment, only to find black water leaking mysteriously from the ceiling.

She investigates the leak and discovers some horrifying facts about a young girl who drowned in the water tank. These events are clearly reminiscent of Elisa Lam's story, but the names of Connelly and Gade's characters confirm the setting:

त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री घिमिरेको गाडी दुर्घटनाबारे खुल्यो यस्तो रहस्य



काठमाडौँ, २३ मङ्सिर । आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटना भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष निकालेको हो ।

समितिले पूर्वमन्त्री घिमिरेले जिप आफँैले चलाउनुभएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रतिवेदन आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।

प्रतिवेदन बुझाउँदै संयोजक रानाले भन्नुभयो, “उहाँको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ ।

दुर्घटनाको समयमा चालककारुपमै रहनुभएका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ । गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो ।

सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएका र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ । दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँच्नुभएको थियो । पूर्वमन्त्री घिमिरेसहित उहाँका आमा, दुई भाइको मृत्यु भएको थियो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कतारमा नेपालि केटीहरुको बबाल डान्स हेर्नुहोस भिडियो सहित एस्तो रमाइलो (भिडियो)


कतारमा नेपालि केटीहरुको बबाल डान्स हेर्नुहोस भिडियो सहित एस्तो रमाइलो (भिडियो)
कतारमा नेपालि केटीहरुको बबाल डान्स हेर्नुहोस भिडियो सहित एस्तो रमाइलो (भिडियो) Mazza ayo houuu hahaaa nepali girls dance in foreign country they are strogal in qatar watch video here

मोदी कुत्ता हाय हाय,मोदी कुत्ता हाय हाय-पाकिस्तान सेनाको डरलाग्दो आक्रोश.भारत संकटमा(भिडियो)



जम्मु-कश्मिरको उरीमा आफ्नो सेना क्याम्पमा आतंकारी आक्रमणको भारतीय सेनाले बदला लिएको छ। स्पेशल फोर्सको दुई समुहले उरी क्षेत्र नजिक पाकिस्तानी अधिकृत कश्मीर (पिओके) स्थित ३ ट्रेनिङ क्याम्प ध्वस्त गरेको भारतीय मिडियाले जनाएका छन्। यो आक्रमणमा करिब २० आतंककारी मारिएको जनाइएको छ। साथै २०० बढी आतंककारी घाइते भएको बताइएको छ।सेनाको सुत्रको हवाला दिदैँ भारतीय मिडियाले यो आक्रमण २०-२१ सेप्टेम्बरको रात गरिएको बताइएपनि कुनै आधिकारिक पुष्टि भने गरिएको छैन। आक्रमणको लागि भारतीय सेनाले हेलिकप्टरको पनि मद्धत लिएको भनिएको छ। पाकिस्तान द्वारा पिओके क्षेत्रमा ‘नो फ्लाई जोन’ घोषित गर्नु पूर्वनै भारतले यो आक्रमण गरेको हो।

उरी आक्रमण पश्चात पाकिस्तानले भारतको रणनीतिलाई विचार गर्दै पाकिस्तानको सिमावर्ती इलाकामा आफ्नो गतिविधि तिव्र गरेको छ। साथै गिलगित-बाल्टिस्तान क्षेत्र तथा अन्य प्रमुख इलाकामा ‘नो फ्लाई जोन’ घोषित गरेको छ। भारतले कुनै हवाई कारवाही गरे सजिलै प्रतिकार गर्न पाकिस्तानले सो क्षेत्रमा उडान प्रतिबन्ध लगाएको हो। यो संगै ट्वीटरमा “Spl Forces Cross LoC” र “Kill 20 Terrorists” भारतमा ट्रेन्डिङ भएको छ। १८ सेप्टेम्बरमा उरी आक्रमणमा १८ भारतीय सेना मारिएका थिए। त्यो बेला देखि पाकिस्तान र भारत बिच तनाव उत्कर्षमा छ। भारतले पाकिस्तानलाई जवाफ दिन हिजो सीमामा ट्याङकर पठाएको समेत खबर आएको थियो।

Plane carrying 81, including soccer team, involved in accident in Colombia

A plane carrying 72 passengers and nine crew members was involved in an accident near Rionegro, Colombia, according to the country's civil aviation department.
The plane declared an emergency between the municipalities of La Ceja and La Union, according to a statement from Colombian aviation officials.
There could be six possible survivors, the statement said.
The plane took off from Bolivia's Viru Viru airport at 6:18 p.m. local time, according to Manuel Palamas, an air controller at the airport.

विश्व बैंकको सहयोगमा तनहुँको भिमाददेखि पाल्पाको रामपुरसम्म जाने सडक विस्तार



तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ। कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ।
आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजनाअन्तर्गत रु १० करोड ७६ लाखको लागत स्टमेटमा सो मोटरबाटो विस्तार तथा मर्मत कार्य थालनी गरिएको ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो।
सन्तोषी निर्माण सेवाले १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरी कामलाई अगाडि बढाइरहेको छ। यसै आर्थिक वर्षबाट सुरु भएको मोटरबाटोको ५० प्रतिशत कटिङको काम सकिएको छ भने नाली कटान र ग्राभेल गर्ने काम भइरहेको छ।
यहाँ मोटरबाटो विस्तार कार्य सकिएपछि पाल्पाको रामपुरबाट तनहुँको भिमाद, खैरेनी, पोखरा, काठमाडौँ, नारायणगढलगायतका विभिन्न स्थानमा सवारीसाधनको सङ्ख्या बढाउने तयारी गरिरहेको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले बताउनुभयो। यस मोटरबाटोबाट पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासीका जनताले लामो तथा छोटो दूरीका लागि सहज सेवा लिँदै आएका छन्। रासस

नेपालमै आयो नौलो सेवा : मासिक नौ सय भाडा तिरेपछि जतिपटक बस चढे पनि अतिरिक्त शुल्क नलाग्ने



चितवन, मंसिर ७ । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिएका छन् । ‘ग्लोबल मेट्रो सिटी बस प्रालि’का नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा र गैँडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागिएको हो । कम्पनीका अध्यक्ष बद्री अधिकारीले २५ वटा बस सञ्चालनमा ल्याएको जानकारी दिए ।

स्थानीय २५ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस आयात गरेका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइनेछ । आठ करोड ५० लाखको लागतमा बस आयात गरिएको अधिकारीले बताए । बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक, सहायक निरीक्षकले तालिम दिइरहेका छन् । बसका सबै सहचालक महिला रहेका छन् । मङ्सिर १९ गतेबाट भरतपुर उपमहानगरपालिका र गैँडाकोट क्षेत्रमा सिटी बसले सेवा सञ्चालन गर्नेछ ।

भरतपुरमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिए
केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने कम्पनीका अध्यक्ष अधिकारीले बताए । कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । रासस

भारतलाई नेपालले दियो ठुलो झट्का : एमालेको बिरोध पछि प्रचण्ड सरकारको यो निर्णयले भारतमा हङ्गामा, भारतीय मिडियाले गरे खुलासा,यसरि हुदै छ भारतमा रुवाबासी,पढ्नुहोस पुरा समाचार


काठमाडौं ७ मङ्सिर – नेपालले भारतीय निर्माण क्षेत्रको कम्पनी आईएलएफएससँग एक अर्ब डलरको ‘फास्ट ट्र्याक’ परियोजना सम्बन्धित सबै सम्झौता रद्द गरेपछि भारतमा हंगामा भएको छ । भारतीय एक मिडियाले मंगलबार नेपालको यो निर्णयले भारतलाई झट्का दिएको बताएको छ ।

सोमबार भारतको विधायिका–संसदको विकास एवं वित्तिय समितिको बैठक पछि ७६ किलोमिटर लामो यो परियोजना सम्बन्धि ‘इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेड’ सँग सबै सम्झौता रद्द गर्ने निर्णय गरेको भारतीय स्रोतले बताएको छ । गत आइतबार अर्थ र विकास समितिको संयुक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नीजगढ फास्ट ट्र्याक निर्माण गर्न आइएल एण्ड एफससँग भएका सबै समझदारी सहमतीका साथै १० सेप्टेम्बर २०१४ को पिओई सूचना तथा तत्पश्चात् जारी आरएफपी अनुसार दर्ता भएको निजको प्रस्ताव रद्द गर्ने निष्कर्षमा आफ्नो मन्त्रालय पुगेको बताएका थिए ।

Sita (also spelled Sîta, Seeta or Seetha also known as Siya,



Sita (also spelled Sîta, Seeta or Seetha also known as Siya, Vaidehi, Janaki, Maithili or Bhoomija, is the central female character of the Hindu epic Ramayana and daughter of King Janaka of Janakpur and his wife queen Sunaina. She was the elder sister of Urmila and cousins Mandavi and Shrutakirti.[1][2] She is consort of Hindu god Rama(avatar of Vishnu) and is an avatar of Lakshmi(Adi Shakti of Lord Vishnu), goddess of wealth and wife of Vishnu. She is esteemed as a paragon of spousal and feminine virtues for all Hindu women.[3] Sita is known for her dedication, self-sacrifice, courage and purity.

Sita is described as the daughter of the earth goddess Bhūmi and the adopted daughter of King Janaka of Mithila and Queen Sunaina. In her youth, she marries Rama, the prince of Ayodhya. After marriage, she goes to exile with her husband and brother-in-law Lakshmana. While in exile, the trio settle in the Dandaka forest, from where she is abducted by Ravana, Rakshasa King of Lanka. She is imprisoned in the Ashoka Vatika of Lanka by Ravana. Sita is finally rescued by Rama in the climatic war where Rama slays Ravana. Sita goes into fire for her human body to come out of fire-god's protection and her imitation, abducted by Ravana, gets back in the fire. Thereafter, Rama and Sita return to Ayodhya, where they are crowned as king and queen. After her sons grow up and unite with their father, Sita returns to her mother, the Earth's womb, for release from a cruel world as a testimony of her purity.[4]

मोवाइल हरायो ? अब यसरी पत्ता लगाउनुस




मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

तपाइको मोबाइल हराईसकेको छ र तपाईलाई उक्त मोबाइलको आइएमईआई नम्बर थाहा छैन भने पनि प्रहरीले तपाइको नम्बर अनुसार पत्ता लगाउँछ । यदी हराएको छैन भने पनि आफुले चलाउने मोबाइलको आईएमईआई नम्बर सुरक्षित राख्नुहोला कुनैपनि बेला तपाइको मोबाइल हराईहालेमा काम लाग्छ ।

मोबाइल हराएमा वा चोरी भएमा यथासिघ्र नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना अति धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ ।

तपाइको हराएको मोवाइलको सिम चोर्नेले तपाइको सिम फालीदिएर आफ्नो सिम हाल्ने बित्तिकै उक्त जानकारी प्रहरीलाई थाहा हुन्छ । उसले तपाइको मोबाइलमा कति नम्बरको सिम हाल्यो भन्ने कुरा प्रहरीले थाहा पाएपछी उक्त नम्बरमा ट्रयाक गरेर वा उसैलाई फोन गरेर प्रहरीले तपाइको मोबाइल प्रहरीलाई फिर्ता गर्न भन्छ र तपाइको मोबाइल पाइन्छ ।

लामो समय सम्म यौन सम्पर्क गर्ने उपायहरु यस्ता छन् …

सेक्स हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो रु सेक्स गर्दा तपाई को पार्टनर कसरि संतुष्टी दिनु हुन्छ र ? यस्तै केहि प्रश्न को उत्तरहरु छन ताकी तपाईं को सेक्स जीवन अझै सेक्समय होस् ।
लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।
सेक्सी बातावरण तयार गर्नुहोस
यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।
अत्याधिक उत्तेजित नहुनुहोस
सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।
कन्डम को प्रयोग गर्नुहोस
सेक्स को बेला कन्डम को प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलन बाट पनि रोक्छ।
फोरप्लेमा ध्यान दिनुहोस
सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्व को क्रिडा(फोरप्ले)ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगी संग धेरै समय फोरप्ले मा समय बिताउनु होस् ।
नयाँ पोजीशंस सोच्नुहोस
धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ (नयाँ पोसिशन मा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।
अल्कोहल नखानुहोस
आमरुपमा जोडीहरु अल्कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।
योगाभ्यास गर्नुहोस
योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ

Popular Posts

Like us on Facebook

Flickr Images