– विजय शर्मा दर्पण
हरेक बर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जन्यती जनस्तरबाट मनाईने गरेको छ । २०६२-०६३ को जनआन्दोलन अघिसम्म पुस २७ गते पृथ्वी जयन्तीसँगै मुलुकमा राष्ट्रियस्तरमा राष्ट्रिय एकता दिवसमा रुपमा मनाइने गरिन्थ्यो । तर त्यस यता भने यो दिवस जनस्तरबाट मात्रै गरिन थालेको छ ।
मुलुक गणतन्त्रमा पुगेपछि भने शाहप्रति दुई थरी विचार सतहमा नै देखिएको छ । एकथरी भन्छन् उनी मुलुक एकीकरण गरेर आफूलाई राष्ट्र निर्माता बन्न सफल भए भने अर्को थरीले उनलाई पहिचान विरोधी तानाशाहको रुपमा चित्रित गरेका छन् ।
सरकारले, राष्ट्रिय क्यालेन्डरबाट पृथ्बी नारायण शाहको जन्मदिनको अवसरमा मनाईने राष्ट्रिय एकता दिवस हटाएको पनि दशक हुन थालेको छ । राष्ट्रिय एकता दिवसका बारेमा, देशभरी नै बहस हुन थालेपछि मनाउने वा नमनाउने भन्दै द्विविधामा परेको माओवादी सरकारले अहिले आएर भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भारत परस्त भएको आरोप खेपिरहेको प्रचण्ड सरकारले भारतीय राष्ट्रपतिलाई खुशी पार्नकै लागि सार्वजनिक बिदा दिएको भन्दै यसको चर्को बिरोध सुरु भएको छ । राप्रपा नेपाल पोर्चुगलका अध्यक्ष रमेशराज बास्तोलाले एक बिज्ञप्ति निकाल्दै भनेका छन् राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको सार्बजनिक बिदा हटाउने तर दुष्ट छिमेकि भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिनु प्रचण्ड सरकार भारतसंग लम्पसार परेको छ ।
२०६२–२०६३ को जनआन्दोलन पश्चात पक्षपात पूर्ण र बिदेशीको इसारामा जबरजस्ती राजा फालियो अनि देशलाई जवरजस्ती हिन्दु रास्ट्रबाट धर्म निरपेक्ष घोषणा गरि देशको परिचय अस्तित्व नै मेट्न सुरु गरियो ।
उनले बिज्ञप्तिमा भनेका छन्– रास्ट्र निर्माता श्री ५ वडामहाराजधिराजको जन्म जयन्ती तथा एकता दिबसका दिने सार्बजनिक विदा पनि काटेर नाङ्गो नाच प्रस्तुत गरेका गणतन्त्रबादीहरु आज एउटा सार्वभौम राष्ट्रले अर्को राष्ट्रका सेरेमोनियल प्रमुख आउँदा सार्वजनिक विदा दिने निर्णय गर्नु भनेको सामान्य कुरा होईन, र यस्ले हामी स्वतन्त्र राष्ट्रका नागरीक हौँ भन्ने कुरामा ठुलो शंका उब्जाएको छ । गतबर्ष यहि समयमा नेपालमाथि नाकाबन्दी लगाएर दुःख दिएको भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिएर प्रचण्ड सरकारले जनता र देशको अपमान गरेको आक्रोश पोख्नुभयो ।
सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ह्यासट्याग लगाएर इण्डिया स्टप बुलिगं नेबरहुड्स, ईण्डिया प्रेसिडेन्ट नट वेलकम नेपाल लगायत अभियान चलेको छ ।
सरकारको निर्णय लगत्तै भएको यो बिरोधको क्रम अझै बढ्ने देखिएको छ । यो बिरोध आसन्न भारतीय राष्ट्रपतिको भ्रमणका बेलासम्म रहँदा भ्रमणको बिरोधमा हुनसक्ने प्रदर्शन तथा भारतप्रतिको बढ्दो जनआक्रोश झनै चुलिने देखिएको छ ।
हालः स्वीटजरल्याण्ड
- 12:44 AM
- 0 Comments