हस्तमैथुनका फाइदा-बेफाइदा के छन् ? धेरै हस्तमैथुन नगर्नुस तपाइको यौनाङ्ग एस्तो हुन सक्छ(भिडियो)

6:07 PM



तपाईंले के-कस्तो सोच्नुभएको थियो, थाहा भएन । तपाईं हनिमुन नै मनाउन श्रीमतीसँग कतै जानुभयो कि भएन, पत्रमा उल्लेख छैन । सायद तपाईंको मागी विवाह थियो । यस्तो बेलामा विशेष गरेर सम्बन्धलाई प्रेममय तथा आत्मीय बनाउन एकदमै प्रयास गर्नुपर्ने हुन्छ । हनिमुन मनाउन जाने कुरा यान्त्रिक रूपमा यौनसम्पर्क राख्ने मात्र होइन । विशेष गरेर हनिमुनलाई गुलियो वा मधुमय बनाउन तपाईंको पनि जिम्मेवारी छ ।

यदि व्यक्ति अपरचित भए सुमधुर सम्बन्धका लागि प्रयास गर्नुपर्छ । यौनसम्बन्ध र त्यसबाट प्राप्त हुने चरमसुखले त्यसमा सहयोग गर्छ । नाजायज अपेक्षा राख्नु नै शायद हनिमुन खल्लो बन्नुको कारण थियो । के तपाईंले श्रीमतीसँग कस्तो अनुभव भयो सोध्नुभयो ? यो समय उहाँका लागि पनि त्यति नै महत्त्वपूर्ण छ । नेपाली समाजमा हुर्किएकी नारी भएकाले पनि उहाँलाई सजिलो बनाउन तपाईंले प्रयास गर्नु आवश्यक थियो ।

व्यक्तिअनुसार लिंग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेको कुरा यो स्तम्भमा पढ्नुभएकै होला । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्च हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको लम्बाइ ३ देखि ४ इन्च हुन्छ । यसो भए पनि पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन् । तपाईंलाई यो कति कसिलो हुनुपर्ने लागेको थियो, ले ख्नुभएको छैन । स्तनको आकार पनि व्यक्तिअनुसार फरक-फरक हुन्छ । किशोरावस्थामा हुने कसिलोपनमा बिस्तारै कमी त आउँछ नै । तौल कुनै समय बढी भएर फेरि घटेको अवस्था छ भने पनि स्तन गिलो हुन्छ । यहाँ पनि तपाईंको अपेक्षाकै कुरा हुनसक्छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images