हिन्दू राज्य बनाएर सांस्कृतिक राजा राख्न माओबादी तयार, सहमति भारतमा भइसकेको दाबी
10:50 PMबेलामौकामा अन्तर्वार्ता दिएर मिडियामा छाउने पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला फेरि चर्चामा छन् । उनी मात्र होइन, गणतन्त्रले विस्थापित गरेको दरबार नै चर्चामा आएको छ । संविधान जारी भए पनि यसको कार्यान्वयनमा चुनौती थपिएको छ । संविधान संशोधनको विषय जटिल अवस्थामा रहेका बेला दरबारलाई चर्चामा सारिएको हो । दरबारको चर्चा यसै भने भएको होइन । मधेसका मुद्दा र समस्या सारी संविधान संशोधनको बखेडाबीच हिन्दू राज्य र त्योसँगै राजतन्त्रको मुद्दालाई उठाउने गम्भीर खेल भइरहेको छ । यस्तो खेलमा नेकपा माओवादी केन्द्र, भारतीय पक्ष, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता खुमबहादुर खड्कालगायत सक्रिय छन् । सरकारले राष्ट्रपति विद्या भण्डारीलाई पचली भैरवको घ्याम्पो फेर्न प्रबन्ध नमिलाएपछि यतिबेला दरबार चर्चामा छ । पचली भैरवको घ्याम्पो फेर्न राष्ट्रप्रमुख जाने परम्परा थियो । सरकारले त्यसको प्रबन्ध नमिलाउँदा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रप्रमुखको हैसियतको उक्त काम गरे । राष्ट्रपतिको सुरक्षामा ठूलो खर्च हुन सक्ने हौवा फिजाइए पनि ज्ञानेन्द्रलाई भने पूर्वराष्ट्र प्रमुखको सुरक्षा प्रबन्ध मिलाउन सरकारले कुनै कसर बाँकी राखेको थिएन । ‘यो सरकारमा रहेका पार्टी र सरकारको नियोजित प्रबन्ध थियो । यसले राजनीतिमा अब कस्तो उदय भन्ने संकेत गर्छ’, समाचार सूत्रले भन्यो,‘ माओवादी केन्द्र नै सांस्कृतिक राजा राख्न तयार छ । त्यस्तो सहमति भारतमा भइसकेको छ ।
0 comments