सर्जिकल स्ट्राइकको चारदिनपछि भारतीय सैन्य शिविरमा चरमपन्थी हमला
8:37 PMकश्मीर– पाकिस्तान प्रशासित कश्मीरमा हमला गरेर चरमपन्थी समूहका शिविर ध्वस्त पारेको भारतीय दावी आएको चार दिनमा चरमपन्थी समूहले भारत प्रशासित कश्मीरमा हमला गरेका छन् ।
इतवार राती करिव ६ जना चरमपन्थीले बारामूलास्थित ४६ नम्वर राष्ट्रिय राइफल्स तथा बीएसएएफको क्याम्पमा हमला गरेका थिए । राती १० बजेबाट भएको हमलामा एक सैनिक र दुई चरमपन्थी मारिएको भारतीय संचार माध्यमले जनाएका छन् । सुरक्षाबलका कारण चरमपन्थी सुरक्षा शिविरमा पस्न पाएका थिएनन् ।
कश्मीरमा काउन्टर टेरर अपरेशन युनिटका लागि काम गरेको सैन्य शिविरमा चरमपन्थी हमला भएको हो । उरी हमलाको १४ दिनपछि भारत प्रशासित कश्मीरमा भएको यो अर्को सैन्य हमला हो । उरी हमलामा १९ भारतीय सैनिक मारिएका थिए ।
भारतले गत साता मात्र सर्जिकल स्ट्राइक गरेर पाकिस्तान प्रशासित कश्मीरमा रहेका चरमपन्थी समूहका शिविर ध्वस्त पारेको तथा हमलामा ३८ चरमपन्थी मारिएको दावी गरेको थियो ।
बारामूलामा राती १० बजेबाट शुरु भएको भीडन्त राती साढे १ बजे सकिएको थियो । अहिले सर्च अप्रेशन चलिरहेको भारतीय मिडियाले बताएका छन् । शुरुमा चरमपन्थीले सैन्य शिविरमा ग्रिनेड फालेर हमला शुरु गरेका थिए । पछि भारती मात्रामा गोलावारी भएको थियो ।
उरी हमलापछि भारत–पाकिस्तान तनाव बढेको छ । यही कारण सर्क सम्मेलन समेत स्थगित भएको छ ।
0 comments