पूर्वमन्त्री घिमिरेबारे १० दिनपछि त्रिशूलीबाट आयो यस्तो खबर, कहाँ छन् तीन दाजुभाई ?हेर्नुस भिडियोमा
9:28 AMसरकारले त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि अनुभवी गोताखोरसहित पाँच सय ६० सुरक्षाकर्मी परिचालन गरेको छ । चितवनको दारेचोक–३ घोप्टेभीरमा ९ असोजमा जिप दुर्घटनामा परी हराइरहेका घिमिरेको खोजी तथा उद्धारका लागि सरकारले सयौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहेको हो ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घिमिरेको खोजीका लागि दुर्घटना भएको दिनयता चितवनका प्रमुख जिल्ला अधिकारी वसन्त कुँवरको संयोजकत्वमा अनुभवी गोताखोर, विभिन्न प्रविधि र उपकरणसहित परिचालन गरेको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा गृहमन्त्री निधिले विशेष समय लिएर बोल्दै सो जानकारी गराएका हुन् ।
0 comments