जोया माइती घरमा कपडा धुदै ! जीवनको मामा सेल्फी लिदै !! कस्तो रमाइलो ?

8:34 PM

जोया माइती घरमा कपडा धुदै ! जीवनको मामा सेल्फी लिदै !! कस्तो रमाइलो “बुहारी सहयोग, जोया जिबन पुनर्मिलन, बुहारी फर्काउ , बुहारी भित्र्याउ , बुहारीको घरजम बसाउ” हामीले लिएको बाटो हिड्दै गरेको बाटो अनि अब लिने बाटो “हाम्रो रोडम्याप  जिबन सार्बजनिक हुनु अघिको हाम्रो शुरुको “बुहारी सहयोग अभियान ” सफल भयो , तपाइँहरुकै सहयोगले जोयाले देनिक खर्चपर्च र नानीहरु र स्वयं जोया बिरामी हुँदा गर्जो टारिन । जब जिबन सार्बजनिक भयो हार्मो अभियान “जोया जिबन पुनर्मिलन ” तर्फ मोडियो , जुन सफल भैसकेको छ ।हाल जोया जिबन , नानीहरु र मामा कामे मगर सबै एक साथ् छन् । अब हाम्रो अर्को चरण भनेको “बुहारी+नानीहरु घर फर्काउ” अभियान हो । जसको लागि अनुमानित ५ लाख मध्ये झन्डै ४ लाख जुट्ने क्रममा छ भने बुहारी फर्काउने प्रक्रियाको अन्तिम चरणमा हामी पुगिसकेका छौ । समय आए पछि देख्नु हुने नै छ । यहाँ सम्म आइपुग्दा क-कसले सहयोग गरिसके हाम्रो पेजमा पब्लिस भइनै राखेको छ । बुहारीलाई नेपाल फर्काइ सके पछि अर्को काम भनेको “बुहारी भित्रयाऊ ” कार्यक्रम हो जसका लागि नेपालमा जोया र जिबनको बिवाह दर्ता गर्ने अनि बच्चाहरुको जन्म दर्ता गरिनेछ जुन पहिले भन्दा सहजै हुनेछ । त्यस पछिको हाम्रो अन्तिम चरणको काम भनेको “बुहारीको घर बसाउ ” हो जसका लागि हामीले J & J Restaurant जोया र जिबनको संयुक्त स्वामित्वमा खोलिदिने हो ताकी उनीहरुको जिबन यापन अलि सहज होस् ।जसका लागि हाम्रा मित्र न्युयोर्क निवासी आङ कामी शेर्पाले ६ लाख माथि जुटाई सक्नु भएको छ त्यो निकै माथि जाने हाम्रो अनुमान छ । जति धेरै उठ्यो उति राम्रो उद्यम खोल्न सकिनेछ । हाम्रो अनुमानमा काठमाडौँको बस पार्क या सुन्धारा जस्तो अलि व्यस्त ठाउमा रेस्टुरेन्ट खोल्न सके धेरैलाई त्यहाँ जान सहज हुनेछ । हाल देनिक १५०० नेपालीहरु बैदेशिक रोजगारीमा जान्छन भने ३००-५०० नेपाली काठमाडौँ हुँदै घर फर्कन्छन , यदि उक्त स्थानहरुमा रेस्टुरेन्ट खोल्न सकेको खण्डमा ५०० जनामा १०० जना पक्कै एकफेर जोया र जिबनको रेस्टुरेन्ट J & J Restaurant मा पस्नेछन भेटघाटको लागि भन्ने हाम्रो बिश्वास हो । यो प्रक्रिया थोरैमा २ वर्ष चल्नेछ , कारण भर्खरै विदेश लागेका मित्रहरु २ वर्ष पछि सम्म फर्किरहने प्रक्रिया चल्नेछ ।यो हिसाबले रेस्टुरेन्ट राम्रो चल्नेछ भने २ बर्स पछि भने उनीहरुको जाँगर र व्यवहार अनि भाग्यले निर्धारण गर्नेछ । हामीले यसरी स्पस्ट खाका सहित एउटा गरिब परिवार र सत्य मायालु जोडी अनि परिवारलाई सहयोग, पुनर्मिलन ,घर फर्काउ अनि घरजम बसाउ सम्मको अभियानमा लागेकोले हाम्रो कोही कसै संग रिस, राग र दुश्मनी नभएको स्पस्ट पार्दछौ । यो अभियानमा सबैले आ-आफ्नै ढंगले सहयोग गर्न सक्नु हुनेछ हामीले कसैलाई हामी संग हिड्नुस भन्ने होइन संग संगै आफ्नै खुट्टाले हिडौ भनेका हौ । हाल सम्म सहयोग गर्नु हुने सम्पूर्ण दाताहरु , शुभेच्छुकहरु , अभियानमा रातदिन खटेर सहयोग जुटाउने साथीहरु , हाम्रो पेजमा आई कमेन्टमा राम्रालाई तालि र नराम्रालाई सुझाई बुझाई गर्ने सम्पूर्ण साथीहरु, हाम्रा हरेक गतिविधिलाई तुरुन्तै प्रकाशित गरि शेयर गरिदिने अनलाइन तथा छापा मिडियाहरु , फेसबुक पेजहरु , सल्लाह कर्ताहरु सबैलाई धन्यबाद भन्न चाहन्छौं । धन्यवाद ! “फिलिम अझै बाँकी छ साथी हो ” नबिन जंग नवांग शेर्पा आङ कामी शेर्पा डी थापा पेम्बा शेर्पा लामा कामे मगर नेपाल मगर संघ महेश राना , डीके मिडिया (छानबिन समिति सदस्य ) नाम बताउन नचाहने मित्रहरु अफगानिस्तान बाट (३ लाख बढी सहयोग) सम्पूर्ण दाताहरु अनि लाखौं नेपाली मनहरु?

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images