लगानी नगरी पैसा कमाउने सजिलो तरिका

9:30 AM

व्यवसाय सुरु गर्दा पैसा आवश्यक पर्छ । कहिलेकाहीँ पैसाकै अभावमा राम्रो सुरुवात गरे पनि व्यवसाय डुब्ने वा बन्द हुने गर्छन् । आज हामी तपाईंलाई यस्ता ५ तरिका बताउँछौंँ, जहाँ लगानी नगरी व्यवसाय सुरु गर्न सकिन्छ । यसको मद्दतले तपाईं पैसाविना वा थोरै पैसाले राम्रो व्यवसाय गर्न सक्नुहुन्छ। रोचक विषय त यो छ कि तपाईंलाई कोहीसँग सापटीसमेत लिनुपर्दैन । केवल सानो–सानो कुरामा ध्यान दिनु जरुरी हुन्छ:


१. जानेको काम थाल्नुहोस् तपाईंले जे काम राम्ररी जान्नुभएको छ, त्यसको सुरुवात घरबाटै गर्नुस् । यो काम गर्दा लागत कम पर्छ, तर मुनाफा ५ गुणा बढी पाउन सकिन्छ । यस्तो व्यवसाय सुरु गर्दा कुन वस्तुको उत्पादन गर्दै छु भन्ने जानकारी राख्नुपर्छ जसको लागत धेरै कम हुन्छ । र, त्यो सामान लागतभन्दा बजारमा ५ गुणा बढी बिक्री हुन सकोस् । यस्तो सामान घरमै बनाउन सक्नेतर्फ जोड गर्नुपर्छ । र त्यसका सामान घरमै पाए अझ राम्रंो हुन्छ । यसमा हातेसामग्रीका अलवा बच्चाका खेलौना, ज्वेलरी र युवतीका सामग्री प्रयोग गर्न सकिन्छ । यस्ता सामान अनलाइनमार्फत बिक्री गर्न सकिन्छ ।

२. सामान बिक्री बजारमा पाइने सामान बिक्री गर्न थाल्ने हो भने पनि लागनीविनै व्यवसाय गर्न सकिन्छ । खासगरी सिर्जनात्मक क्षमता नभएका व्यक्तिले बजारमा पाइने सामान बिक्री थाल्नु राम्रो हुन्छ । यसका लागि तपाईंले अनलाइन स्टोर बनाउन सक्नुहुन्छ । त्यसपछि सम्बन्धित कम्पनीसँग छलफल गरी साझेदारी व्यवसाय अघि बढाउन सकिन्छ । तपाई अर्डर गर्ने र कम्पनीले उत्पादन दिने समझदारी भएर व्यापार गर्न सकिन्छ । सपिङसम्बन्धी वेभसाइटबाट
यस विषयमा धेरै जानकारी पनि लिन सकिन्छ ।

३. सेवा बिक्री तपाईसँग पैसा नभएर के भो त ? आफूसँग भएको क्षमता त बिक्री गरेर पैसा लगानी नगरी आम्दानी गर्न सक्नुहुन्छ । तपाईंले डाक्टरी पढ्नुभएको छ भने पढाउन सक्नुहुन्छ वा परामर्श सेवा दिन सक्नुहुन्छ । अथवा विद्यार्थीलाई ट्युसन लिने, विभिन्न विषयका बारेमा ट्रान्सलेसन गरिदिने काम गर्न सकिन्छ ।

४. अनलाइन सपिङ तपाईसँग कम्प्युटर र इन्टरनेट छ भने अनलाइन सपिङ व्यवसाय गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, अनलाइन टिचिङ, कन्टेन्ट राइटिङ पनि गर्न सकिन्छ । यो काम गर्दा थोरै पैसा लागे पनि मुनाफा धेरै लिन सकिन्छ ।

५. ग्राफिक्स गर्ने तपाईसँग इन्टरनेट र ग्राफिक्समा दक्ष हुनुहुन्छ भने लगानी नगरी आम्दानी गर्ने प्रशस्त क्षेत्र छन् । इन्टरनेटमा धेरै यस्ता वेभसाइट छन्, जसले लोगो डिजाइनलगायतका धेरै काम लगाउन खोजिरहेका हुन्छन् । त्यस्ता कम्पनीको सम्पर्कमा गई काम गर्न सकिन्छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images