काठमाडौँका स्कूलहरुमा बम राख्न लाउने चण्डाल यो रहेछ....

10:42 PM


काठमाडौँका विभिन्न स्कूलहरुमा बिहानैदेखि आतंक मच्चाउन खोजियो। दुई ठाउँमा बिहान सबेरै सामान्य विस्फोट भयो भने डल्लु लगायतका केही ठाउँमा बम नै राखिएको थिएन, बम जस्तो बनाएर तर्साउन मात्रै राखिएको थियो। शंकास्पद वस्तुहरु सँगै राखिएका पर्चामा उल्लेख भए अनुसार स्कूल जस्तो ठाउँमा यसरी बम राखेर आतंक मच्चाउन लाउने चण्डालको नाम चाहिँ क. निर्माण रहेछ। माओवादी कम्युनिस्ट केन्द्र नेपाल र यसका भ्रातृ संगठनहरु अखिल क्रान्तिकारी राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपालको नाम पर्चामा रहेछ। यिनीहरुको गुरु चाहिँ हालका प्रधानमन्त्री र उसको दल रहेछ। किनभने यो माओवादीबाट छुट्टिएको सानो समूह रहेछ। यसमा एक जना माओवादी लडाकु पनि रहेछ।


किन रे यसरी आतंक मच्चाएको भन्दा पर्चामा लेखिए अनुसार स्कूलहरु अनिश्चितकालीन बन्द गरेन भनेर रे।

बम राख्नेहरु मध्ये दुई जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।

माओवादी कम्युनिस्ट केन्द्र नेपाल २०७१ सालमा राजनीतिक वार्ता समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाको रोहवरमा मकवानपुर जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक हतियार, गोली, बारुद र सकेटबम सरकारलाई बुझाएको समूह हो। पार्टीका अध्यक्ष डिएस महतले समितिका संयोजक ढुङ्गानाको रोहवरमा एसएमजी एकथान, त्यसको गोली दुईथान, माउजर तीनथान, एक नाले र दुईथाले गरी १४ वटा पेस्तोल, भरुवा बन्दूक चारथान, विभिन्न हतियारमा प्रयोग हुने ७४ थान गोली, डेटोनेटर ४१ थान, बारुद तीन केजी, सकेटबम २० वटा बुझाएका थिए।

पोहोर भदौ २४ गते माओवादी कम्युनिस्ट केन्द्र नेपाल र जनमुक्ति मोर्चा नेपालको एकता भएर नयाँ पार्टी जन्मिएको थियो। नयाँ पार्टीको नाम माओवादी कम्युनिस्ट केन्द्र नेपाल राखिएको थियो। माओवादी कम्युनिस्ट केन्द्र नेपालका अध्यक्ष डिएस महता हुन् भने जनमुक्ति मोर्चा नेपालका अध्यक्ष डिपी शर्मा। सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै यो पार्टीले आमरण अनसन बस्ने चेतावनी दिइरहेको थियो। तर अब बम आतंक मच्चाउन थालेछ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images