आज गाडी पल्टेको घोप्टेभिर हेर्दै गृहमन्त्रीले भने : बढो रहस्यमय ठाउँ रहेछ (भिडियो)
8:08 AMमंगलबार विहान ११ वजे घोप्टेभिरमा पुग्दा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली फेला परिहाल्छ की भन्दै घिमिरे चढेको जीपको खोजीमा जुटिरहेको थियो । बत्ति बालेर रातभर गरेको प्रयासमा अंकुशेमा केही अड्किएको थियो । तीनै सुरक्षा निकायका सदस्य त्यो अंकुशे जीपमा अड्केको आशमा तानिरहेका थिए ।
त्यही ठाउंमा ग्यास बुलेट बोकेको ट्रक र अर्को एक ट्रक समेत यसैगरी दुर्घटनामा परेर वेपत्ता रहेकाले अंकुशले जीपमै अड्केको हो या ट्रकमा त्यो खुलेको थिएन ।
‘लामो प्रयासपछी अंकुशेमा केही अड्केको छ अहिले त्यही तान्ने प्रयास भइरहेको छ,’ घटनास्थलमा भेटिएका नेपाल प्रहरीका डिआइजी हेमन्त पालले भने‘ यसभन्दा अघि ट्रक पनि यही खसेर हराइरहेकाले जीपनै हो भन्ने पक्का छैन ।’
.................
मंगलबार गृहमन्त्री विमलेन्द्र नीधि नेपाली सेनाका अधिकृत, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रमुख दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, गृह सचिव लोकदर्शन रेग्मी सहितको टोली लिएर दुघर्टनास्थल घोप्टेभिर पुगेका थिए ।
0 comments