४८ घण्टाभित्र भारत छोड्न पाकिस्तानी कलाकारलाई दबाब, नभए पिटिपिटि भगाउने चेतावनी
7:06 AMपाकिस्तानी कलाकारलाई धम्की दिँदै एमएसएनको नेता अमेय कोपकरले यस विषयमा जानकारी दिँदै भनेका छन्, ‘हामी पाकिस्तानी कलाकारलाई भारत छोड्नका लागि ४८ घण्टाको समय दिँदैछौं । यदि उनीहरुले देश छोड्न मानेनन् भने एमएसएनका कार्यकताएले उनीहरुलाई सुटिङ गरिरहेकै ठाउँमा गएर पिट्नेछन् ।’
उडीमा आतंककारी हमलाका कारण रुष्ट भएका अमेय खोपकरले पाकिस्तानसँग कुनै पनि सहकार्य नहुने बताएका छन् । उनी भन्छन्, ‘यदि पाकिस्तानी कलाकार जाँदैनन् भने उनीहरुलाई पिटिपिटि भगाइन्छ ।’
यस्तै, शिवसेनाका प्रवक्ता संजय राउतका अनुसार अब कसैले पनि पाकिस्तानलाई खुल्ला रुपमा समर्थन गर्नेछैन । उनी भन्छन्, ‘यसका अर्थ यो होइन कि चीनले भारतको समर्थन गर्नेछ । हाम्रो सेनाको बलिदान रोकिनुपर्यो ।’
स्मरण रहोस्, जम्मू कश्मिरको उडीमा सेनको १२ औं ब्रिगेडको छावनीमा आतंककारी हमला भएको थियो जसमा १८ सेनाको मृत्यु भएको थियो भने ३० सेना घाइते भएका छन् । जवाफी कारवाहीमा भारतीय सेनाले चार आतंककारीको हत्या गरेका छन् ।
0 comments