शिघ्र स्खलन कसरी रोक्ने ? उपाए सहित
9:23 AMदीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि श्रीमतीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क अर्थात लिंग योनिमा पसाउने कार्य भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यसो गर्दा वीर्य स्खलन होला जस्तो भए ती क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने । वीर्य स्खलनलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिए जस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने । वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । हप्तामा चार पटक यौनसम्पर्क गर्नु हुन्छ भने दुई पटकको पाक्क्रीडा अनि त्यसपछिको यौन क्रियाकलाप सम्पूर्ण रूपमा श्रीमतीको यौन चरमसुख प्राप्तिका लागि समर्पित गर्नुहोस्, जसले तपाईंहरूको यौनजीवनलाई सुखमय बनाउन सहयोग गर्छ र बाँकी दुईमा आफ्नो । तपाईलाई थाहै होला, महिलाको सर्वाधिक यौन संवेदनशील अंग भगांकुरको घर्पणका लागि योनिमा लिंग प्रवेश गराउनु आवश्यक छैन ।
0 comments