त्रिशुलीमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको मोबाइलबाट एसपीलाई फोन आएपछि…
2:48 AMचितवन / आइतवार भएको जीप दुर्घटनामा परि त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आएको बताइएको छ । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलमा माधव घिमिरेको नम्बरबाट फोन आएको कुँवरले बताउँनुभयो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । त्यसपछि कुँवरले फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।
बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहनुभएका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई सुनाउनुभएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो ।
खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला र्पयो । घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य अझै जारी छ ।

0 comments